अर्थ राजनीति ~ बैंकहरुले ठूलै भनसुनबिना ऋण दिन छाडेपछि पहिले ऋण लिएका ऋणीले पैसा भएपनि बैंकलाई तिर्न छाडेका छन्। बैंकलाई अहिले बुझाए पनि मागेको बेला दिँदैन भनेपछि उनीहरुले पैसा तिर्न छाडेका हुन्। ‘अहिले रिपेमेन्टमा एकदमै ठूलो समस्या देखिएको छ,’ एक बैंकरले भने, ‘उनीहरुले पैसा हुँदा पनि तिरेका छैनन्। ‘तरलता अभाव चर्किएपछि अहिले कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत नाघेका बैंकले पैसा दिन छाडेका छन्। उनीहरुले दिनै पर्ने भए भनसुन र पहुँचवालालाई मात्र ऋण दिइरहेका छन्। यसरी बैंकले ऋण दिन बन्दजस्तै गरेपछि ओभरड्राफ्टको लिमिट लिएर बसेकाहरुले पैसा नचाहिए पनि झिक्न थालेका छन्। उनीहरुको ब्याज नबढ्दै ऋणको लिमिट लिएका थिए। त्यसबेला आधार दर सस्तो थियो र प्रिमियम पनि कम थियो। नवीकरण गर्दा मात्र प्रिमियम चलाउन पाइन्छ। ‘अहिले आँखै अगाडि आफ्नै ग्राहकले सात प्रतिशतमा ऋण लिएको थियो। त्यो पैसा ९/१० प्रतिशतमा निक्षेपमा राखेर मार्जिन खाइरहेको छ,’ ती बैंकरले भने। अहिले खाद्यान्न, तेललगायत उपभोगमा आधारित उद्योगीहरुले उनीहरुको उत्पादन बिक्री भएर पैसा आए पनि बैंकको ऋण फिर्ता नगरेको बैंकरहरु बताउँछन्।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति