चितवनका उद्योगीहरु काँग्रेसको राजनीतिमा सक्रिय बन्दै

Machchapuchchre Bank

अर्थ राजनीति  ~  ऊद्योग वाणिज्य सङ्घ चितवनको अध्यक्ष पदमा अप्रत्यासित जित हासिल गरेर चर्चामा आएका युवा उद्यमी राजन गौतम यतिबेला काँग्रेस राजनीतिमा सक्रिय छन् । सङ्घका पूर्वअध्यक्ष उनले सो निर्वाचनमा कल्पना नै नगरिने गरी जित आफ्नो पक्षमा पारेका थिए ।  काँग्रेस चितवनको यही मङ्सिर १० गते हुने निर्वाचनमा उनी उपसभापति पदको उम्मेदवार हुन् । सङ्घ खैरहनीका पूर्वअध्यक्ष गुणराज श्रेष्ठ काँग्रेस खैरहनी नगर सभापतिमा निर्वाचित भएका छन् । सङ्घ रत्ननगरका पूर्वअध्यक्ष केशवनारायण श्रेष्ठ  काँग्रेस रत्ननगर वडा नं २ का सभापतिमा निर्वाचित भएका छन् । राजनीति गर्ने यसलाई ‘पेशा’ बनाएको आरोप लागिरहेका बेला उद्योगी व्यवसायी राजनीतिमा आउँदा सकारात्मक हुने दाबी गरिएको छ ।  जीवनभर राजनीति गरेकालाई पाखा लगाउँदै व्यवसायी राजनीतिमा आउन हुँदैन भन्नेतर्क अघि सार्ने पनि कम छैनन् । यसो त अग्रणी व्यवसायी उमेश श्रेष्ठ पछिल्लो समय राजनीतिमा सक्रिय छन् । उनको राजनीतिक क्षेत्र चितवन हो । क्षेत्रीय होटल सङ्घ सौराहाका तीन  पूर्वअध्यक्ष अहिले कांग्रेसको आसन्न महाधिवेशनमा जिल्ला, प्रदेश र संघमा उम्मेदवारी दिँदै छन् । सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरेका अनुसार हरिभक्त घिमिरे महाधिवेशन प्रतिनिधि, नारायण भट्टराई प्रदेश प्रतिनिधि र ज्ञानेन्द्रकुमार विष्ट जिल्ला सदस्यमा उम्मेदवारी दिँदै छन् । सङ्घका वरिष्ठ उपाध्यक्ष रामहरि खनाल महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिँदै छन् । होटल व्यवसायी वासुदेव ढुङ्गाना र शेरबहादुर परियार महाधिवेशन प्रतिनिधिमा र रामकुमार अर्याल प्रदेशमा उम्मेदवारी दिँदै छन् । रेष्टुराँ एण्ड बार एशोसिएशन सौराहाका पूर्वअध्यक्ष राजन भट्ट प्रदेश प्रतिनिधिमा उम्मेदारी दिने तयारीमा छन् । ऊद्योग परिसङ्घ बागमती प्रदेशका अध्यक्ष एवं उद्योग सङ्घ चितवनका पूर्वअध्यक्ष भेषराज दुवाडी महाधिवेशन प्रतिनिधि निर्वाचन लड्ने तयारीमा छन् । उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष उत्तमलाल चुके प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिँदै छन् । काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ जिल्लाका दुई हजार ९०० हाराहारी प्रतिनिधिमा आधा ५० वर्षभन्दामुनिका रहेको बताउनुहुन्छ । प्रतिनिधि युवा, व्यवसायी, बुद्धिजीवी, पेशाकर्मीलगायतका छन् । यो निर्वाचनमा उद्योग व्यवसाय क्षेत्रबाट धेरैको प्रतिनिधित्व हुने देखिएको उनको भनाइ छ । काँग्रेस चितवनका कोषाध्यक्ष शङ्करप्रसाद कँडेल व्यावसायिक पृष्ठभूमिको छन् । उनी अबका निर्वाचनमा महाधिवेशन प्रतिनिधिको उम्मेदवार मात्रै रहेर स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बन्ने तयारीमा लागेका छन् । जिल्ला सभापति श्रेष्ठ उद्योगी व्यावसायिक क्षेत्रमा नेतृत्व गरेका  दुवाडी, चुके,  गौतम,  श्रेष्ठ, दीर्घमान लगायतका व्यक्ति कांग्रेसका राजनीतिमा सक्रिय भएको बताउँछन् । चितवन च्याम्बर अफ कमर्सका अध्यक्षसमेत रहनुभएका काँग्रेसकेन्द्रको उद्योग व्यापार विभागका सचिव दीर्घमान श्रेष्ठ उद्योग व्यवसायमा राम्रो सफलता हासिल गरेका व्यक्ति सक्रिय राजनीतिमा आउनु सकारात्मक भएको बताँछन् । सङ्घका पूर्व जिल्ला अध्यक्ष चुके व्यावसायिक पृष्ठभूमिका व्यक्ति राजनीतिमा आउँदा व्यवसायीका नीतिगत समस्या बुझ्ने र समाधान हुने बताउँछन् । उनले भने, “व्यावसायिक व्यक्ति राजनीतिमा आउँदा राजनीतिमा भ्रष्टाचार कम हुन्छ ।”

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्