आज पनि सर्वोच्च अदालत अगाडि वकिलहरूको प्रदर्शन, २० जना पक्राउ

Machchapuchchre Bank

अर्थ  राजनीति  ~  प्रधानन्यायाधीशविरुद्ध आन्दोलित हुँदै आएको नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालतको गेटमा धर्ना दिएको छ । धर्नाका क्रममा २० जना पक्राउ परेका छन् । सर्वोच्च अदालतको गेट अगाडि धर्ना दिने र प्रदर्शनको तयारी गरिरहेका २० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रदर्शनमा रमिता हेरिरहेकाहरुलाई समेत नियन्त्रण लिएको बताइएपनि प्रहरीले पक्राउ पर्ने सबै आन्दोलनकारी भएको दाबी गरेको छ । प्रधानन्यायाधीशविरुद्ध आन्दोलित हुँदै आएको नेपाल बार एसोसिएशनले केही दिनयता सर्वोच्च अदालतको गेटमा धर्ना दिँदै आएको छ ।

यता, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भने तत्काल पदबाट राजीनामा नदिने संकेत गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै विग्रहको बाटो त्यागेर वार्तामा आउन कानुन व्यवसायी तथा न्यायाधीशलाई आग्रह गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्