” विद्युत् उत्पादन बढ्दै छ, घरमा खपत बढाउनुपर्छ ” : मन्त्री भुसाल

Machchapuchchre Bank

अर्थ राजनीति  ~  ऊर्जामन्त्री पम्फा भुसालले विद्युत् उत्पादन बढिरहेकोले खपत वृद्धि गर्दै जानुपर्ने बताएकी छन्। घरमा विद्युतको प्रयोग बढाउनुपर्ने उनले बताइन्। विशेषगरी भान्सामा विद्युतको प्रयोग वृद्धि गरिनुपर्नेमा उनले जोड दिइन्। ग्यास, पेट्रोलियम पदार्थलगायतको विकल्पमा विद्युतको प्रयोग गरिनुपर्ने उनको भनाइ थियो। ‘विद्युतको प्रयोग बढी गर्नुपर्‍यो,’ सामुदायिक रेडियोहरूको संस्था अकोराब र अमार्कले आज ललितपुरमा गरेको कार्यक्रममा मन्त्री भुसालले भनिन्, ‘भान्सामा इन्डक्सन चुल्होलगायत प्रयोग गरी विद्युत खपत बढाउनुपर्छ।’ सरकारले विद्युतको महशुल घटाउँदै लगेको समेत उनले बताइन्। मंसिर १ गतेदेखि लागू हुने गरी रेडियो, खानेपानी लगायत क्षेत्रमा महशुल घट्ने भएको छ। रेडियो सञ्चालकहरूले प्रतियुनिट अहिले ११ रूपैयाँ तिर्दै आएकोमा अब ७ रूपैयाँ तिरे पुग्ने अकोराबका महासचिव किशोरजंग थापा बताउँछन्। मन्त्री भुसालले विपदमा रेडियोहरूको भूमिका महत्वपूर्ण हुने बताइन्। ‘रेडियोहरू र मन्त्रालयबीच सूचना तथा सञ्चारका विषयमा साझेदारीमा काम गर्न सकिन्छ, यसबारे म छलफल पनि गर्छु,’ उनले भनिन्। पर्याप्त विद्युत उत्पादन भइरहेकोले यसको प्रयोग वृद्धि गर्नुपर्ने उनको भनाइ थियो। विद्युतको प्रयोग वृद्धि गर्न सके व्यापार घाटा कम गर्न सकिने उनको भनाइ छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्