वरिष्ठ अधिवक्ता कार्की : ” गृहमन्त्रीजी आधा घण्टाभित्र सर्वोच्च परिसरबाट सुरक्षाकर्मी हटाउनुस् “

Machchapuchchre Bank

अर्थ राजनीति  ~  वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले गृहमन्त्री बालकृष्ण खाँणलाई फोन गरेर सर्वोच्च अदालत परिसरबाट सुरक्षाकर्मीहरु आधा घण्टाभित्र हटाउन आग्रह गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु आन्दोलनरत छन् । नेपाल बार एशोसिएसनको आह्वानमा कानुन व्यवसायीहरुले शुक्रबार सर्वोच्च अदालतको मूल गेटमा नै धर्ना दिएका छन् । धर्नाकारीहरुलाई रोक्न सर्वोच्च परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यसप्रति आपत्ति जनाउँदै वरिष्ठ अधिवक्ता कार्कीले धर्ना स्थलबाटै गृहमन्त्रीलाई फोन गरेका छन् । कानुन व्यवसायीहरुका कारण अदालत असुरक्षित नहुने भन्दै उनले गृहमन्त्रीलाई भनेका छन्, ‘आधा घण्टाभित्र सर्वोच्च अदालत परिसरबाट सुरक्षाकर्मी हटाउनुस्, होइन भने राम्रो हुँदैन ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्