सत्तारूढ गठबन्धनको बैठक बस्दै

Machchapuchchre

अर्थ राजनीति  ~  सत्तारूढ गठबन्धनको बैठक आज बस्ने भएको छ। सोमबार अपरान्ह बालुवाटारमा गठबन्धनको बैठक बस्न लागेको हो। अपरान्ह ५ बजेपछि गठबन्धन बैठक बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय स्रोतले जनाएको छ। आज अपरान्ह ३ बजे मन्त्रिपरिषद बैठक पनि बस्दैछ। सत्ता गठबन्धनमा राष्ट्रिय सभाको रिक्त सदस्य पदका लागि हुने चुनाव, प्रतिनिधि सभा र प्रदेश सभाका उपनिर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ। लामो समयदेखि गठबन्धन बैठक बसेको थिएन। प्रधानमन्त्री देउवा बेलायत भ्रमणबाट फर्केपछि पहिलोपटक गठबन्धन बैठक बस्न लागेको हो। गठबन्धन बैठकका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतालाई बोलाइएको छ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्