अर्थ राजनीति ~ गृहमन्त्री बालकृष्ण खाँडले न्यायालयमा देखिएको विवाद सुल्झाउने तयारीमा सरकार जुटेको बताएका छन् । आज जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खाँडले न्यायालयको विवाद समाधानको लागि सरकारमा सहभागी दलले निर्णय गरेर सुल्झाउने तयारी गरेको बताए । उनले भने, “न्यायापालिकामा विवाद देखिएको छ । त्यहाँको विवाद छिटै सुल्झियोस् भन्ने नै सरकारको चाहना छ, “न्यायालयको विवाद संवेदनशील र गम्भिर छ । यसले धेरै कुरालाई प्रभावित बनाएको छ । छिट्टै सुल्झाउने तयारीमा सरकार लागेको छ ।” न्यायापालिका, कार्यपालिका र व्यवस्थापिका तीनवटा अंगमा अहिले केही गतिरोध देखिएको उनले बताए । नागरिकता विधेयकलगायत महत्त्वपूर्ण विधेयक छिट्टै पास हुने उनको भनाइ छ । “सदन व्यवस्थित रुपमा नचल्दा ढिलाई भएको छ,” उनले भने, “विपक्षीकै कारण सदन सञ्चालनमा समस्या आएको छ ।”
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति