सल्यानमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

Machchapuchchre

अर्थ राजनीति  ~  आइतबार विहान सल्यानको कपुरकोटमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सल्यान सदरमुकाम खलंगाबाट दाङको तुल्सीपुरतर्फ गइरहेको ना १ ख १५५२ नम्बरको बस विहान ११ बजेतिर कपुरकोट गाउँपालिका–५ स्थित खारखोलामा पल्टिँदा १० जना महिला र दुई जना पुरुष गरी १२ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सल्यानको शारदा नगरपालिका–१२ हाल दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ५३ वर्षीया प्रभा चलाउने, शारदा नगरपालिका–२ कि ६१ वर्षीया मीना डाँगी, सल्यान शारदा नगरपालिका–३ कि ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका–१ काभ्राकी २४ वर्षीया मीना शाही रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दाङको बबई गाउँपालिका–४ कि ६० वर्षीया डुली रेउले, सोही गाउँपालिका–६ की ७० वर्षीया कलावती बुढाथोकी, दाङको घोराही उपमहानगरपालिका नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारी, सल्यानको छत्रेश्वरी गाउँपालिका–२ का २९ वर्षीय तिलक वली, दाङ शान्तिनगर गाउँपालिका–८ कि ३५ वर्षीया सावित्रा केसी र दाङ कोरवाङकी पाँच वर्षीय सुरज ओली रहेको जिल्ला प्रहरीले जनाएको छ । अरु २ जनाको सनाखत भएको छैन । तिहार मनाएर शहरतर्फ फर्किँदै गरेकाहरु दुर्घटनामा परेका हुन् । मृत्यु भएकाहरु धेरै महिला भएका कारण उनीहरु दाजुभाइकोमा गएर घरतर्फ फर्किएका प्रहरीको अनुमान छ ।  प्रहरीले तीव्र गतिका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ । बस सडकबाट २०० मिटर तल खसेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्