” काठमाडौंबासीलाई मेलम्चीको पानी तत्कालै उपलब्ध ” : खानेपानी मन्त्री चौधरी

Machchapuchchre Bank

अर्थ राजनीति  ~  खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौंबासीलाई मेलम्चीको पानी अस्थायी रूपमा भए पनि तत्कालै उपलब्ध गराउने बताउनुभएको छ । खानेपानी आयोजनाका अधुरा कामको निरीक्षणका लागि झापा आइपुग्नुभएका मन्त्री चौधरीले मंगलबार नेपाल प्रेस युनियन झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेलम्चीको पानी काठमाडौं ल्याउने विषयमा विज्ञहरूको टोलीले निरीक्षण गरेको र आफूले समेत स्थलगत निरीक्षणपछि तत्कालै काठमाडौंबासीलाई अस्थायी रूपमा खानेपानी उपलब्ध गराउने बताउनुभयो । आफ्नै कार्यकालमा मेलम्चीको पानी काठमाडौंबासीलाई खुवाउने प्रतिवद्धता जनाउनुभएका मन्त्री चौधरीले यसअघिको सरकारले लोकप्रियताका लागि हतारमा मेलम्चीको पानी वितरण गरेको आरोप लगाउनुभयो । यता मन्त्री चौधरीले झापामा सञ्चालित खानेपानीका अधुरा योजनालाई पूर्णता दिन लागिपर्ने प्रतिवद्धता पनि जनाउनुभएकाे छ । मुलुककै उत्कृष्ट खानेपानी संस्थाका रूपमा चिनिएको बिर्तामोड साना शहरी खानेपानी आयोजनाका लागि यसै वर्ष थप उपकरण प्रदान गर्ने उहाँकाे आश्वासन छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्