अर्थ राजनीति ~ चाड पर्व लक्षित बजार अनुगमनबाट १९ दिनमा ११ फर्मलाई जरिवाना गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । ६१ वटा व्यापारिक प्रतिष्ठानमा अनुगमन गरिएकोमा अनुचित व्यापारिक क्रियाकलाप गर्ने ११ वटालाई मात्रै जरिवाना गरिएको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले जानकारी दिइन् ।जरिवानाबाट ४ लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको महानगरले जनाएको छ । अनुगमनका निरीक्षण अधिकृत हरिबहादुर भण्डारीका अनुसार बजारमा खानेकुरा तयार पार्न प्रयोग गरिने कच्चा बस्तुको गुणस्तरमा सबैभन्दा धेरै समस्या रहेको पाइएको छ । ‘उपभोक्ताहरुको ध्यान तयार भइसकेका खानेकुरा हुन्छ । उपभोक्ताले कच्चा पदार्थमा पहुँच नराख्ने भएकोले हामीले भान्छाको व्यवहार हेर्नुपर्छ’ निरिक्षण अधिकृत भण्डारीले भने । तिहार पर्वलक्षित मिठाइजन्य व्यवसायमा गुणस्तरको समस्या रहेकोले र नियमित निगरानी हुनुपर्नेमा समिक्ष बैठकमा जोड दिइएको थियो ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति