सर्वोच्च अदालत परिसरमा आज पनि वकिलहरूको प्रदर्शन

Machchapuchchre Bank

अर्थ राजनीति  ~  प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलित भएको नेपाल बार एशोसिएसनले आज पनि प्रदर्शन गरेको छ । वकिलहरूको पूर्वनिर्धारित कार्यक्रम अनुसार चौथो आज पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन तथा धर्ना दिएका छन् । पहिलो चरणको आन्दोलनको कार्यक्रमको आज अन्तिम दिन हो । तर, आजदेखि पहिलो चरणको कार्यक्रम सकिने भए पनि प्रधानन्यायाधीशको राजीनामा नआए के गर्ने भन्ने तय भएको छैन। सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे भन्छन्, ‘आज दिउँसो चार बजेसम्म राजीनामा आउँछ भन्ने विश्वास छ । राजीनामा नाअएको खण्डमा के गर्ने भनेर हामी सार्वजनिक गर्छौं ।’ अहिले राजीनामा नदिए तिहारपछि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउनुपर्ने विषय उठेको भन्दै उनले यी विषयमा छलफल गरेर सार्वजनिक गरिने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्