माडीको अयोध्यापुरी पुगेर ओलीले सुनाए राम जन्मभूमिको तथ्य

Machchapuchchre Bank

अर्थ राजनीति  ~  आफ्नै निर्देशनमा निर्माण गरिएको राममन्दिरको नेकपा एमालेका अध्यक्ष केपी ओलीले मंगलबार स्थलगत अवलोकन गर्नुका पूजाअर्चना गरे । ओलीले माडी नगरपालिका–९ अयोध्यापुरी नै रामजन्म भूमि भएको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिपछि कतिले उनको समर्थन गरे भने कतिले उनको आलोचना गरे । सरकार टिकाउनकै लागि ओलीले भारतविरोधी अभिव्यक्ति दिएको कतिपयको भनाइ थियो । आलोचनाका बीच गएको राम नवमीमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति स्थापना गरिएको थियो । ओलीले भने रामजन्म भूमि माडीको अयोध्यापुरी नै भएको बताउँदै आएका छन् । मंगलबार राम मन्दिरमा पूजाअर्चना गरेका ओलीले राम जन्मभूमिको तथ्य बताउन झण्डै १५ मिनेट खर्चिए । भारतमा अहिले भनिँदै आएको अयोध्यालाई धेरै वर्ष पहिलासम्म फैजावाद भनिने गरिएको र वास्तविक अयोध्या माडीको अयोध्यापुरी नै भएको उनले बताए । यसबारे उनले आफुले प्राप्त गरेको तथ्य यसरी सुनाए– डेढ सय वर्ष अगाडिबाट फैजावादलाई अयोध्या भन्न थालियो । भारतको अध्योध्यालाई रामजन्मभूमि भनेर आमरुपले विश्वास गरेको ठाउँ बन्न पुग्यो । त्यो चाँहि अयोध्यापुरी नभएर फैजावाद रहेछ । अयोध्यापुरी कहाँ हो त ? मैले अध्ययन गर्न थालेँ । जनकपुर, वाल्मीकि आश्रम, सिता अन्र्तध्यान भएको देवघाट आदि ठाउँ । यहाँका नदीनालाका नाम । यहाँको स्थान र यी सबै उपलब्ध खोजको अध्ययन गर्दै जाँदा यो ठाउँ नै राम जन्मभूमि अयोध्यापुरी भएको मैले निष्कर्ष निकालेँ । भानुभक्तको २०७औँ जन्मजयन्तिका दिन मैले राम जन्मभूमि नेपालमा हो भनेको थिए । वीरगञ्जबाट पश्चिम, ठोरी वा ठोरीको आसपास जहाँ अयोध्या भनिन्छ । त्यहीँ ठाउँमा पर्छ । अयोध्या त्रेतायुगसँग सम्बन्धित, दशरथको रामको समयसँग सम्बन्धित अनेक कुराहरु यहाँ उपलब्ध छन् । ती प्रमाणसँगै शास्त्रमा वर्णन गरेका कुराहरु । विश्वामित्र ऋषि कोसी नदी तरेर पश्चिमतिर आएर राम लक्ष्मणलाई शिक्षादिक्षा दिए भन्ने कुरा, त्यो पश्चिम कता हुनुपर्छ ? रामले अस्वमेद यज्ञका लागि छोडेको घोडा पश्चिमतर्फ गयो र वाल्मीकि आश्रममा लवकुशले समाते । उहाँ फैजावादवाला अयोध्या, उहाँबाट पश्चिमतिर छोड्दा त दिल्लीतिर पो जान्छ । यहाँ कता वाल्मीकि आश्रममा ?त्यति छिटो त्यो घोडा वाल्मीकि आश्रममा आइपुग्दैन, जति समयमा यहाँ लवकुशले घोडा समातेका छन् । अयोध्यापुरीबाट पश्चिमतिर गयो, पश्चिमतिरै समातियो, वाल्मीकि आश्रममा । लवकुशले समाते । त्यहाँ लवकुशले घोडा समाते भन्ने कुरा तुरुन्तै अयोध्यामा खबर आयो र घोडा छोडाउनका लागि अयोध्याबाट खबर हुँदाखेरी उनीहरुले तेजस्वी उजस्वी खालका कुरा गरे । र त्यहाँ जाँदा खास खालका युवाहरु देखेपछि त्यसका पछाडि खास कारण हुनुपर्छ भन्दा ती रामका छोरा, वाल्मीकिका शिष्य, सीताले हुर्काएका छोरा भएको हुनाले घोडा समात्न सके । घोडा छोड्न आदेश दिँदा लड्न आउनुपर्छ भनेर जुन चुनौती दिए उनीहरुले । त्यसबाट बाबु छोराको भेट हुने र साधारण रहेनछन् भन्ने कुरा राम लक्ष्मणले समेत स्वीकार्नु पर्ने स्थिती बन्यो । राम र सीतालाई वाल्मीकिले मिलाउन खोज्दा, सीता भएका ठाउँमा राम जान तयार नभएका । र आफुलाई निकालिएको घरमा सीता गएर वार्ता गर्न तयार नभएकी । त्यस्तो अवस्थामा बीचको ठाउँमा वार्ता गर्ने भनेर वार्ताका लागि देवघाटलाई छानेर वाल्मीकिले रामलाई बोलाए ।  राम जन्मभूमि यहिँ हो भन्ने भएपछि मात्रै आफुले राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति बनाएर पठाएको उनले बताए । काठमाडौँमा निर्माण गरिएका मूर्ति गएको रामनवमीमा शोभा यात्रासहित माडी अयोध्यापुरी लगेर अस्थायी मन्दिरमा स्थापना गरिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्