नेपाल बैंकको मूनाफामा सुधार, तीन महिनामा कमायो ७५ करोड

Machchapuchchre

अर्थ राजनीति  ~  मुलुककै जेठो बैंक नेपाल बैंक लिमिटेडको मूनाफामा सुधार भएको छ । बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको तीन महिनामा ३७ प्रतिशतले मूनाफामा वृद्धि देखिएको छ । बैंकका अनुसार पहिलो त्रैमासमा ७५ करोड ४८ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको मुनाफा ५५ करोड ४ लाख १९ हजार रुपैयाँमात्रै थियो । बैंकको खुद ब्याज आम्दानीमा सुधार हुँदा नाफा पनि वृद्धि भएको हो । यस अवधिमा बैंकले खुद ब्याज आम्दानी करिब १२ प्रतिशतले वृद्धि गरेको छ । बैंकको प्रतिशत शेयर आम्दानी पनि बढेर २३ रुपैयाँ ८९ पैसा पुगेको छ । यस अघि बैंकको प्रति शेयर आम्दानी १९ रुपैयाँ ५१ पैसा थियो । बैंकको निस्कृय कर्जा ३.०२ प्रतिशतबाट घटेर २ प्रतिशतमा झरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्