मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिँदै

Machchapuchchre

अर्थ राजनीति  ~  प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनमा दिने भएका छन् । आज विश्वासको मत लिने कार्यतालिका रहेपनि मुख्यमन्त्री आचार्यले राजीनामा दिने भएका हुन् । आचार्य गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका थिए। ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा विश्वासको मत पाउनका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । तर प्रतिपक्षी गठबन्धनमा ५० जना सांसद छन् । सत्तापक्षमा सभामुखसहित ४१ जना मात्रै छन् । कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनले एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने निर्णय आइतबार नै गरिसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्