अर्थ राजनीति ~ महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बालबालिकालाई छिटोभन्दा छिटो खोप दिने व्यवस्था गरिने बताएकी छन् । आज पत्रकारसँग कुराकानी गर्दै उनले पाँच वर्षमाथिका बालबालिकालाई खोपको व्यवस्थापनमा सरकार लागेको बताएकी हुन् ।उनले भनिन्, “विदेशमा यसको परीक्षण भइरहेको छ, परीक्षणको काम सम्पन्न भएसँगै फाइजर र मोडना नेपालमा पनि आउँछ ।” खोपको सुनिश्चितता भइसकेको जनाउँदै उनले अब छिट्टै खोप ल्याउनतर्फ सरकार लाग्ने बताइन् । कोरोना सङ्क्रमण बढ्न नदिन सबै सचेत हुनुपर्ने उल्लेख गर्दै उनले खोप नलगाएकाले थप सतर्क हुनुपर्नेमा जोड दिइन् । महिला, बालबालिका र ज्येष्ठ नागरिकको हितमा काम गर्ने विषयमा मन्त्रालयले योजना बनाउन थालिसकेको उनको भनाइ थियो ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति