” केपी ओलीले संविधान संशोधनको प्रस्ताव पास हुन दिएनन् ” : अध्यक्ष दाहाल

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव पास हुन नदिएको आरोप लगाउनुभएको छ । अखिल नेपाल शिक्षक संगठन र नेपाल लोकतान्त्रिक शिक्षक फेडेरेसनको एकता कार्यक्रममा बोल्दै आफू प्रधानमन्त्री हुँदा संविधान संशोधनको प्रस्ताव गरे पनि केपी ओलीले प्रस्ताव पास हुन नदिएको बताउनुभयो । नागरिकताको विषय छिट्टै टुंग्याइने र माओवादीले मधेशी जनतालाई नागरिकता दिने पनि अध्यक्ष दाहालले बताउनुभयो । ‘प्रधानमन्त्री विदेश भ्रमणबाट फर्किएपछि मधेशी जनताको नागरिकताको समस्या हल हुनेछ’ उहाँले भन्नुभयो, ‘प्राविधिक कुरा अहिले म भन्दिन ।’ ओलीले संविधान र संघीयतामाथि धावा बोलेको र जनतालाई धोका दिएको भन्दै उहाँले संघीयताविरोधी र संविधान मिचाहको संज्ञा दिनुभयो । ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रको बजेट घटाएर शिक्षा क्षेत्रमा काम गर्ने प्राध्यापक, कर्मचारी र शिक्षकलाई हत्होत्साही बनाएको आरोप लगाउनुभयो । अध्यक्ष दाहालले मधेशी जनताले सक्कली मधेशवादी र नक्कली मधेशवादी चिनेर आगामी निर्वाचनमा देखाइदिनुपर्ने बताउनुभयो । आफूले जहिल्यै पनि समावेशी र समानताको विषयलाई महत्व दिएको स्मरण गर्दै उहाँले दलितलाई फेरि पनि प्रदेश प्रमुख बनाउने बताउनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्