अर्थ राजनीति ~ नेकपा एमाले विभाजन भएसँगै ६ वटा प्रदेशसभामा धेरथोर एमालेका सांसदहरु नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका छन् । तर गण्डकी प्रदेशसभामा भने एमाले विभाजनको असर अहिलेसम्म देखिएको छैन । एमाले विभाजनपछि प्रदेश २ का १३ एमाले सांसद र सुदूरपश्चिम प्रदेशका १३ र बागमती प्रदेशका १३ एमाले सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । यस्तै, प्रदेश १ का १० सांसद, कर्णालीका ३ र लुम्बिनी प्रदेशका एक एमाले प्रदेशसभा सदस्य नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएका छन् । गण्डकी प्रदेशको प्रदेशसभामा भने एमाले विभाजनको असर देखिएको छैन । गण्डकी प्रदेशमा एमालेका २७ मध्ये सबै सांसद एमालेमै रहने देखिएका छन् । एमालेमा अन्तरद्वन्द्व चलिरहँदा माधवकुमार नेपाल पक्षका भनिएका इन्द्रलाल सापकोटा पार्टी विभाजन भइसकेपछि एमालेमै रहे । उनी नवगठित दल नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुन्छन् कि भन्ने आशंका बढिरहेको अवस्थामा उनले आफू एमालेमै रहने प्रस्ट पारेका छन् । गण्डकी प्रदेशसभामा रहेका एमालेका अन्य सांसदहरु यसअघि नै पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग निकट मानिन्छन् । त्यसैले गण्डकी प्रदेशसभाबाट एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुने सांसदको अवस्था शून्य नै रहने देखिन्छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति