शेयरबजार : पोजिटिभ सर्किटको तरखरमा नेप्से

Machchapuchchre

अर्थ राजनीति ~  आइतबार नेगेटिभ सर्किट लागेको नेप्सेमा सोमबार पोजिटिभ सर्किट लाग्ने देखिएको छ । सोमबार शेयरबजार परिसूचक नेप्से १ सय १५ अंक अर्थात् ४ दशमलव ०४ प्रतिशतले बढेर २९३३ अंकमा पुगिसकेको छ । आइतबार अधिकतम १ सय ४७ अंकले नेप्से घटेको थियो भने अन्त्यमा केही सम्हालिएर १ सय ८ अंकमा झरेर कारोबार बन्द भएको थियो । करिब २ वर्षपछिको तीव्र गतिमा घटेको बजार देखेर आत्तिएका लगानीकर्तालाई सोमबारको बजारले भने राहत दिएको छ । यो समाचार सम्म  २ सय १८ कम्पनीको  ९३ लाख कित्ता शेयर ५ अर्ब २३ करोड रुपैयाँमा किनबेच भइसकेको छ । बिहान ११ बजेर ३२ मिनेटपछि उकालो लागेको शेयर केही समयमै पोजिटिभ सर्किट लाग्ने तरखरमा छ । ५ प्रतिशतले नेप्से बढेर सर्किट लागेमा नेप्सेले पुन: सर्किट लगाउँदै ४० मिनेटका लागि कारोबार बन्द गर्नेछ । नेप्से तीव्र गतिमा उकालो लाग्दा हिजो घटेका सबै कम्पनीको शेयरमूल्य आज बढेको छ भने समग्रमा आजको बजार हरियो बनेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्