अर्थ राजनीति ~ जनता समाजवादी पार्टीको संघीय परिषदका संयोजक बाबुराम भट्टराईले एमसीसी कार्यन्वय गर्नुपर्ने बताएका छन्। देशमा एमसीसीको चर्को विरोध भइरहेका बेला बाबुरामले एमसीसी पास पर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन्। उनले अमेरिकासँग चिठी आदानप्रदानसहित एमसीसी कार्यन्वयन गर्नुपर्ने बताएका हुन्। उनले ट्वीटमा भनेका छन्, ‘अमेरिकासँग चिठी आदानप्रदानसहित एमसीसी कार्यान्वयन गरौं! युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्नेछ भन्ने बुझौं!। उनले भारतसँगको सबै विवाद समाधान गरी असल छिमेकी बन्न र चीनसँगको बीआरआइ पारवाहनलगायतका सम्झौता कार्यन्वयन गर्नुपर्नेसमेत बताएका छन्। यसका लागि उनले राष्ट्रिय सहमति गर्नुपर्ने उल्लेख गरेका छन्।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति