कांग्रेस महाधिवेशन: जिल्ला सभापतिमा देउवा र पौडेल पक्षको रस्साकसी

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाली काँग्रेस जुम्लाको जिल्ला सभापतिका लागि देउवा र पौडेल पक्षको रस्साकसी हुने देखिएको छ । जुम्लाका ६० वटा वडामा सहमतीका आधारमा युवालाई प्रथामिकता दिँदै वडा अधिबेशन सम्पन्न भएपनि जिल्ला सभापतिका लागि भने दुई पक्ष बीच रस्साकसी हुने देखिएको हो । जिल्ला अधिवेशन नजिकिदै गर्दा सभापतिको लागि जुम्लमा झण्डै आधा दर्जन आकांक्षी देखिएका छन् । उउनीहरुले आफ्नो तयारीका लागि कार्यकर्ता भेटघाट तथा नेतासँग लबिङलाई समेत तीब्रता दिएका हुन् ।आसन्न अधिवेशनमा पुरानै सभापति दीपबहादुर शाहीले दोहोरीने इच्छा राखेका छन् । शाहीलाई रामचन्द्र पौडेल पक्षबाट सभापतिका लागि एकल उम्मेदवारका समेत उभ्याइसकेका छन् । उता शेरबहादुर देउवा पक्षबाट भने,सचिव कर्ण बहादुर शाही,कान्तिका सेजुवाल,भक्त बहादुर रोकाया र खड्क बहादुर सेजुवाल आकांक्षी देखिएको नेपाली काँग्रेस जुम्लाले जनाएको छ । पौडेल पक्षबाट एकल उम्मेदवार दीपबहादुर शाही देखिएका छन् । देउवा पक्षबाट ४ जना आकांक्षी देखिएका हुन् ।जिल्ला अधिबेशन नजिकिएपछि दुवै पक्षले कार्यकर्ता भेटघाटलाई जोड दिएका छन् । अन्ततः सचिव कर्ण बहादुर शाही र पुराना सभापति दीपबहादुर शाहीबीचनै प्रतिप्रर्धा हुने अनुमान भइरहेको छ ।
पार्टी सचिव कर्णबहादुर शाही सचिव भइसकेपछि पार्टीलाई समय नदिएको, संगठन विस्तार देखि कुनै काम नगरेको उनी पर्यटक नेता भएको भन्दै स्वीकार्न नसक्ने पौडेल पक्ष कांग्रेसीहरु बताउँदै आएका छन् । उता दीप बहादुर शाहीले पनि पार्टीलाई चलायमान बनाउन नसकेको र कार्यकाल पनि सन्तोषजनक नभएको देउवा पक्षकाले भनेका छन् ।तर, तुलान्त्मक रूपमा दीपबहादुर शाही भने जुम्लामै रहेर काम गरेको कार्यकर्ताले मानेका छन् । पार्टी सभापति दीपबहादुर शाहीले आसन्न अधिवेशनमा अन्तिम पटकसम्म पनि सहमती सहकार्यलाई जोड दिने र अन्तमा नभए निर्वाचनको विकल्प नरहेको बताए ।
सभापतिका आकांक्षी धेरै र छुट्टाछुट्टै भेला छलफल हुन थालेपछि कार्यकर्ताले सहमति र सहकार्यका आधारमा नेतृत्व चयन गर्न दबाब दिन थालेका छन् । कार्यकर्ताले दीपबहादुर शाही र कर्णबहादुर शाही दुबै आफ्नो कार्यकालमा सन्तोषजनक कार्य नगरेको भन्दै असन्तोष पोखेका छन् । तर अन्तिम रस्साकसी भने यी दुईबीच हुने देखिन्छ ।साथै अबको नेतृत्व यूवामा हस्तान्तरण हुनुपर्ने पनि दबाब छ । तर आकाँक्षीहरु बीचनै यतिबेला सहमतीको वाताबरण छैन् । आआफ्नै भेला र कार्यकर्ता भेटघाटमै बेस्थ छन् ।सिंजा गाउँपालिका अध्यक्ष काँग्रेस नेता देवलसिंह रावलले अबको नेतृत्व कार्यकर्ताको मनोभावना बुझ्ने, पार्टीलाई चलायमान बनाउने, संगठन विस्तार गर्न सक्ने र पार्टीका लागि समय दिन सक्ने व्यक्तिको आबश्यकता रहेको बताए । उनले भने, “सभापतिको लागि जिल्लामा दुई खेमा देखिन्छ । गुटगत राजनीतिले पार्टीको विकासभन्दा विनासा भएका धेरै घटना छन् । त्यसैले सहमतीका आधामा पार्टीको विधि विधान अनुसार अघि बढ्ने, कार्यकर्ता रिजाउन सक्ने नेतृत्व आउनुपर्छ ।”यता काँग्रेस पार्टी सचिव समेत रहेका कार्मा बुढाले पार्टीको हित नै आफ्नो हित भएकोले सर्वसहमतीय नेतृत्वका लागि अधिकतम प्रयत्न गर्ने बताए । उनले भने,“पार्टीलाई जीवित राख्न एक नभई सुखै छैन । एकल र सहमतीय नेतृत्व चयनका लाग सबै एकाकार हुनुपर्छ त्यसको लागि सक्रिय नेता, कार्यकर्ता र समर्थक शुभचिन्तक लागि राख्नुपर्छ । यो अधिवेशन पार्टी सिंगो पार्टी एक भएर अघि बढेको सन्देश फैलाउन जरुरी छ ।” आउदो भदौ २७ गते गाउँपालिकास्तरीय अधिवेशन,असोज १ गते प्रदेश क्षेत्रस्तरीय अधिवेशन र असोज ५ गते जिल्ला अधिवेशन हुने कार्यतालिका छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्