अर्थ राजनीति ~ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले नेता महेश बस्नेतलाई आउने चुनावमा जितेर देखाउन चुनौती दिएका छन् । शुक्रबार भक्तपुरको सूर्यविनायकमा कांग्रेस वडा अधिवेशनको उद्घाटन गर्न पुगेका देउवाले सोही क्षेत्रका सांसद बस्नेतलाई आउने चुनाव जितेर देखाउन चुनौती दिएका हुन् । केही दिनअघि भक्तपुरकै एक कार्यक्रममा बस्नेतले अब कांग्रेसलाई खोज्नुपर्ने भएको भन्दै देउवालाई आफूसँग चुनाव लड्न चुनौती दिएका थिए । त्यसको जवाफ दिँदै देउवाले शुक्रबार भने, ‘महेश बस्नेतजीले मलाई चुनाव लड्न चुनौती दिएछन् । बस्नेतजीले मलाई होइन भक्तपुरबाट हाम्रो पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस् ।’ बस्नेतले २०७४ सालको आम निर्वाचनमा कांग्रेस नेता तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई पराजित गरेका थिए ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति