त्रिभुवन विमानस्थलमा यात्रुको भीड, स्वास्थ्य मापदण्डको पालनामा बेखबर

Machchapuchchre Bank

अर्थ राजनीति  ~  दैनिक हजारौं यात्रुको चाप रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानका यात्रुहरु स्वास्थ्य मापदण्ड पालनामा बेखबर जस्तै देखिने गरेका छन् ।विमान कम्पनीहरुले फेससिल्ड हटाएसँगै यात्रुहरु सामाजिक दूरी पालनामा समेत लापरवाही गर्न थालेका छन् । यद्यपि विमानस्थलमा रहेको हेल्थ डेस्कका प्रतिनिधि पहिलाभन्दा यात्रुहरु आफ्नो स्वास्थ्यप्रति सचेत रहेको दावी गर्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुको चापाचाप छ । कोभिडको संक्रमणपछि हवाई यात्रा गर्दा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने नियम छ । अधिकांश यात्रुको मुखमा मास्क देखिएपनि भौतिक दूरी कायम गर्न चुकेका देखिन्छन् । सरकारले व्यवस्था गरेको हेल्थ डेस्कमा शरीरको तापक्रम नाप्ने र हातमा स्यानिटाईजर दलेर भित्र पस्नुपर्ने नियम छ । हेल्थ डेस्कमा काम गर्ने प्रतिनिधिको अनुभवमा यसअघिको संक्रमणभन्दा अहिले यात्रुहरुमा स्वास्थ्यप्रति चेतना आएको छ । यात्रुहरुको भौतिक दूरी पालना गराउन यहाँका कुर्सी र भूइँमा संकेत राखिए पनि त्यसप्रति कसैको ध्यान गएको देखिदैन । टिकट काउन्टरमा अत्यासलाग्दो भीडभाड देखिन्छ । भौतिक दूरी कायम गराउन न कसैले प्रयास गरेको छ, न यात्रु आफैं सचेत छन् । जाने मात्र हैन, आउने यात्रुको भीड पनि उस्तै छ । विमान कम्पनीहरु स्वास्थ्य मापदण्ड पालना गराउने तर्फ गम्भीर हुन छोडेको प्रमाण उनीहरुले पाउँदै आएको फेससिल्ड गुमाउनु पनि हो । कोभिडबाट मर्ने र संक्रमित हुनेको संख्या कहालिलाग्दो अवस्थामै रहेको बेला बसपार्क, विमानस्थलमा देखिएको यो अवस्था लापर्वाही होकि के हो ?

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्