माधव नेपालपप्रति भीम रावलको कडा टिप्पणी

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमाले विभाजन भएपछि माधव नेपाल समूहको साथ छाडेका नेताहरु नेपालप्रति आक्रोशित बन्दै गएका छन् । भीम रावल समेत १० जना स्थायी कमिटीले नेपालको साथ छाडेका थिए । नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेपछि अहिले एकअर्कालाई आरोपित गर्ने क्रम जारी रहेको छ । यता, नेपालको साथ छाडेका नेता भीम रावलले पार्टी फुटाएर गएका नेता माधवकुमार नेपालप्रति व्यंग्य गर्दै कसैले अगाडि धकेल्दा धकेलिने मान्छे पछाडि पनि फर्किनुपर्ने भन्दै टिप्पणी गरेका छन् । शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले दोस्रो पुस्ताकै नेताहरूका कारण आफूहरू व्रिदोह गर्ने तहसम्म पुगेको र दोस्रो पुस्ताकै नेताहरूले छिटो एमालेबाट अलग हुनुपर्ने भन्दै निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएको दावी गरेका थिए । नेपालको सोही दावीलाई जवाफ दिँदै रावलले भनेका छन्, ‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो ।’एमाले विवाद समाधान कार्यदलका संयोजक समेत रहेका राववले नेपाललाई जवाफ फर्काउँदै सहमति भइसकेपछि मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने धेरै अध्ययनको आवश्यकता नपर्ने समेत टिप्पणी गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्