पौडेल समूहको बैठक सकियो, के के भयो निर्णय ?

Machchapuchchre

अर्थ राजनीति  ~ नेपाली कांग्रेस पौडेल समूहको बैठक सकिएको छ । बैठकले इतर समूहका जिल्ला सभापतिहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउने निर्णय गरेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकले जिल्ला सभापतिहरुले राखेका मागहरु सम्बोधन गर्न पार्टी नेतृत्व तयार हुनुपर्ने निष्कर्ष निकालेको हो । त्यस्तै सबै नेताहरु पार्टी कार्यालय सानेपामै पुगेर आन्दोलनमा ऐक्यवद्धता जनाउने निर्णय पनि गरिएको छ । आजै २ बजेपछि वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिंह, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. शेखर कोइराला, दिलेन्द्रप्रसाद बडु लगायत सानेपा पुगेर अनसनमा समर्थन जनाउने बताइएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नुवाकोट सभापति जगदीश्वरनरसिंह केसी, काभ्रे सभापति मधु आचार्य, धादिङ सभापति रमेश धमला तथा युवा नेताहरु रञ्जित कर्ण र डिल्लीराम सुवेदी आज रिले अनसनमा बस्दैछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्