चन्द्रागिरीमा नेकपा माधव समूहको केन्द्रीय समिति बैठक जारी

Machchapuchchre

अर्थ राजनीति  ~  माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक दोस्रो दिन पनि चन्द्रागिरी रिसोर्टमा जारी छ । जारी बैठकले अन्तरिम विधान, घोषणापत्र, नियमावली र कम्युनिस्ट आन्दोलनको पुनर्जागरणका लागि नयाँ कम्युनिस्ट पार्टीको आवश्यक्ता नामक राजनीतिक प्रस्ताव पारित गर्ने नेता जीवनराम श्रेष्ठले जानकारी दिए । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता माधव कुमार नेपालले एमाले विभाजन हुनुमा अध्यक्ष ओली जिम्मेवार रहेको बताएका छन् । सो पार्टीले दल दर्ताका लागि यसअघि नै निर्वाचन आयोगमा निवेदन दिएको छ । उक्त निवदेनमा बुधवार निर्वाचन आयोगले नेताहरुलाई सनाखत गर्न बोलाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्