सार्क राष्ट्रका सरकार प्रमुखको बैठक बोलाउन प्रधानमन्त्री देउवालाई आग्रह

Machchapuchchre

अर्थ राजनीति ~  दक्षिण एसियाली मुलुक अफगानिस्तानमा राजनीति उथलपुथल र मानवी संकट आइररहेका बेला दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका सरकार प्रमुखको बैठक हुनुपर्ने भन्दै मानव अधिकार तथा शान्ति समाजले बैठक बोलाउन आग्रह गरेको छ । सार्कको अध्यक्षका रुपमा रहेको नेपालले बैठक बोलाउनुपर्ने समाजको माग छ । समाजले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दै बैठक बोलाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेको छ । सार्क सदस्य राष्ट्र अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि काबुलको अवस्था नाजुक बनेको छ । काबलुस्थित विदेशी नागरिक र अफगानीहरु देश छाड्न काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा भीड लागिरहेका छन् । हालसम्म ५ सय भन्दा धै नेपालीहरुको पनि उद्धार गरिएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा आणविक अस्त्रको विकास, परिक्षण, उत्पादन/निर्माण, भण्डारण आदीलाई निषेध गरेको आणविक हतियार निषेध सन्धि लाई तत्काल अनुमोदन गर्न समाजले आग्रह गरेको छ । यसैगरी अफगानिस्तानमा तालिबानद्वारा सत्ता कब्जा पश्चात विकसित घटनाक्रमका कारण त्यहाँ फसेका सबै दक्षिण एशियाली नागरिकहरुको उद्धार र सकुसल आ आफ्नो देश फिर्तिका लागि दक्षिण एशियाली सहयोग संगठन सार्कको वर्तमान अध्यक्षको नाताले नेपालले तत्काल सार्क राष्ट्रका सरकार प्रमुखहरुको भर्चुअल बैठक आयोजना गरि एकिकृत एवं प्रभावकारी अभियानको प्रारुप तयार गर्न शान्ति समाजले आग्रह गरेको समाजले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्