लुम्बिनी प्रदेश : प्रदेशसभा बैठकको कार्यसूची तय

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले आफ्ना माग पूरा नभएसम्म संसद चल्न नदिने चेतावनी दिएपनि प्रदेशसभा बैठकको कार्यसूची भने तय गरिएको छ । सोमबार दिउँसो १ बजे प्रदेशसभा बैठक बस्ने तय भएअनुसार कार्यसूची सार्वजनिक गरिएको हो । जसअनुसार मुख्यमन्त्री कुलप्रसाद केसीले ‘प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक’ सभामा पेश गर्ने  छन् । यस्तै प्रदेश मामिला तथा कानून समितिका सभापति दामा कुमारी शर्माले ‘प्रदेश पदक ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गर्ने छन् । यसैगरी आर्थिक मामिला तथा योजना मन्त्री कृष्ण ध्वज खड्काबाट ‘आर्थिक विधेयक र विनियोजन विधेयक’ फिर्ता लिने प्रस्ताव प्रस्तुत भई सभामुखद्वारा निर्णयार्थ प्रस्तुत हुने छ । यता एमालेले कारबाही गरेका दुई जना सांसद अजय शाही र बिमला वलीलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै आजपनि संसद अवरुद्ध गर्ने जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्