माधव पक्ष : सरकारमा जाँदैनौँ, गठबन्धन पनि तोड्दैनौँ

Machchapuchchre

अर्थ राजनीति  ~  राष्ट्रियसभाका सदस्य एवं नेकपा एमाले माधव नेपाल पक्षका नेता डा. वेदुराम भुसालले दुईवटा कुरा प्रष्ट पारेका छन्  एक– माधव नेपाल समूह तत्काल सरकारमा जाँदैन । दुई– शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको गठबन्धन तोडिँदैन । केपी शर्मा ओली एकतर्फीरुपमा अघि बढेका कारण एमालेभित्रको एकताको सम्भावना भने कम हुँदै गएको नेता भुसालले बताए ।   उनले भने, ‘अर्को पक्ष एकपक्षीय ढङ्गले निर्णय गरेर गइरहेको छ, जसले गर्दा एमाले एकताको सम्भावना न्यून हुँदै गएको हो कि भन्ने देखिन्छ ।’ सरकारमा नजाने कुरा प्रष्टसँग भनिसक्दा पनि बुझाउन नसकिएको पो हो कि भन्ने गुनासो गर्दै भुसालले भने, ‘कति भोल्युमको आवाजमा भन्दा प्रष्ट हुन्छ, थाहा भएन । सार्वजनिकरुपमा शनिबार मात्रै माधव नेपालले अहिले सरकारमा जाने कुरा हाम्रो छैन भन्नुभएको छ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्