पूर्वमन्त्री बस्नेतद्वारा मेलम्चीमा राहत सामग्री सहयोग

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का युवानेता एवं पूर्वमन्त्री महेश बस्नेतले बाढी र पहिरोका कारण ठूलो भौतिक तथा मानवीय क्षति भोगेको सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका पीडितका लागि रु २० लाखभन्दा बढीको राहत सामग्री पठाएको छ । विपद् पीडित बनेका यहाँका बासिन्दालाई सहयोग गर्ने हेतुले सङ्कलित राहत रकम तथा सामग्रीका साथ एमालेको भातृ सङ्गठन राष्ट्रिय युवासङ्घ नेपालको टोलीलाई सङ्घका इन्चार्जसमेत रहनुभएका भक्तपुरका निवर्तमान सांसद बस्नेतले सामग्री पठाएका हुन्। सङ्घको टोलीले राहत सामग्री, विभिन्न स्वास्थ्य सामग्री तथा बन्दोबस्तीका सामग्रीसहित मेलम्ची, हेलम्बुमा टोली पठाएको बस्नेतका स्वीकय सचिव दिनेश थापाले जानकारी दिए । पूर्वमन्त्री बस्नेतको पहलमा भक्तपुरबाट रु पाँच लाखको सामग्री तथा अन्य विभिन्न जिल्ला तथा सहयोगी संस्थाबाट सङ्कलित करिब रु २० लाख बराबरको राहत, स्वास्थ्य तथा बन्दोबस्तीका सामग्री लिएर बिहीबार टोली मेलम्ची पठाएको उनले बताए। भक्तपुरमा रहनुभएका सङ्घका पदाधिकारी तथा जिल्ला कमिटीको तर्फबाट मृतकका परिवारलाई रु ४५ हजार नगद रकमसहित सङ्घको जिल्ला कमिटीले करिब रु पाँच लाख बराबरको सामाग्री सङ्घका अध्यक्ष पौडेललाई हस्तान्तरण गरिएको छ । सिन्धुपाल्चोकमा आएको विपद्मा सहयोग गर्न युवालाई आह्वान गरेको नेता बस्ने तले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्