अर्थ राजनीति ~ बालुवाटारमा अब प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव पक्षको मागअनुसार २०७५ जेठ ३ अघिकै पार्टी संरचनाका आधारमा बैठक बोलाउँदै हुनुहुन्छ,’ ओलीनिकट एक नेताले भने, ‘त्यो बैठकमा माधव नेपाल आउँछन् कि आउँदैनन् ? आएनन् भने ट्रयापमा पर्छन् ।’ जेठ ३ अघिको संरचनाअनुसार बैठक बस्नका लागि अध्यक्ष ओलीले आफ्नोतर्फबाट गर्नुपर्ने तयारी तीव्र बनाएका छन् । तयारी सक्नेवित्तिकै बैठकको मिति तोक्ने ओलीको योजना छ । नेकपा एकता भंग गर्ने सर्वोच्च अदालतको निर्णयसँगै पार्टीलाई पूर्ववत अर्थात् २०७५ जेठ २ को संरचनामा फर्केर बैठक बस्नुपर्ने र त्यसबाट अघि बढ्नुपर्नेमा ओलीले त्यसो नगरी एकलौटी ढंगले अघि बढेकोमा खनाल-नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएको छ । त्यसयता एमालेको ओली र खनाल- नेपाल समुहका देशैभर समानान्तर गतिविधि भइरहेका छन् । छुट्टै एकता अभियान चलाइरहेका उपाध्यक्ष वामदेव गौतमले पनि जेठ २ मा फर्कनुपर्ने अडान राख्दै आएका छन् । अध्यक्ष ओली नेकपा घोषणाअघिको संरचनामा फर्कन तयार नभएको भनेर खनाल–नेपाल पक्षले भनिरहेका बेला यही विषयमा पौडेल र गौतमबीच लामो कुराकानी भएको हो। तर, बैठकअघि ओलीले असन्तुष्ट पक्षसँग छलफल गर्न चाहेका छन् । सोही योजनाअनुसार सोमबार बिहान एमाले उपाध्यक्ष वामदेव गौतम र उपप्रधानमन्त्रीसमेत रहेका नेता विष्णु पौडेलबीच छलफल भएको थियो । गौतमसँग कुराकानी गर्न पौडेल भैंसेपाटीस्थित आफ्नै घरको नजिक रहेको गौतमनिवासमा छिरेर पार्टीको आन्तरिक विवादबारे लामो कुराकानी गरेका थिए । पौडेल र गौतमबीच नेकपा एमालेलाई जेठ २ मा कसरि फर्काउने भन्ने विषयमा कुराकानी भएको थियो ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति