अर्थ राजनीति ~ उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री महासेठले चीनबाट ४० लाख डोज खोप किन्ने तयारी भइरहेको बताएका छन् । एक कार्यक्रममा कुरा गर्दै मन्त्री महासेठले चीनसँग ४० लाख र अमेरिकाको जोनसन एण्ड जोनसनसँग ५० लाख डोज खोप किन्न कुराकानी भइरहेको उल्लेख गरे । हालै बसेको मन्त्रिपरिषद् वैठकले चीनको भेरोसेल खोप किन्न सैद्धान्तिक सहमति दिएको सरकारी स्रोतहरुले बताएका छन् । खोपको प्रति डोज मूल्यका बिषय गोप्य राख्न चीनले गरेको आग्रहलाई ख्याल गर्दै मन्त्रिपरिषद्ले ४ अर्ब ५० करोड रुपैयाँको सीमाभित्र रहेर चीनसँग खोप किन्ने निर्णय गरेको बताइएको छ । प्रति डोज १० देखि १२ डलरको बिचमा मूल्य पर्नेगरी खरिद सम्झौता हुन लागेको बताइएको छ । चीनले यसअघि अनुदानस्वरुप दिएको सिनोफार्माको भेरोसेल खोप नै खरिद गर्न लागिएको बताइएको छ । सरकारले गत बर्ष कोरोना महामारी सुरु हुने बेलामा पनि नेपाली सेनामार्फत् सिनोफार्मासँगै स्वास्थ्य सामाग्री खरिद गरेको थियो । परराष्ट्रमन्त्री महासेठका अनुसार खोप उत्पादकहरुले ९० दिनभित्र खोप उपलब्ध गराउन सक्ने बताइरहेका छन् । तर, नेपाल सरकारले सकेसम्म ४५ दिनभित्र नभए ६० दिनभित्र खोप उपलब्ध गराउन उत्पादकहरुलाई आग्रह गरेको उनले खुलाए । कहिलेसम्म नेपाली जनताले खोप लगाउन पाउँछन् भन्नु पर्दा उनले ‘उपलब्ध भयो भने दशैंभन्दा पहिले, नभए जुनसुकै मूल्यमा पनि मंसिरसम्म सबैलाई दिइने छ।’ मंसिरसम्ममा साढे दुई करोड डोज खोप बितरण गर्नेगरी गृहकार्य गरिरहेको मन्त्री महासेठको दावी छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति