ओलीले २०७५ जेठ २ को स्थायी कमिटी बैठक बोलाउँदै

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०७५ जेठ २ गतेको स्थायी कमिटी बैठक बोलाउने तयारी गरेका छन् । पार्टी भित्रको विवाद बढ्दै गएपछि ओलीले जेठ २ गते कायम रहेको कमिटीको बैठक बोलाउने तयारी गरेका हुन् । बैठक बोलाउने तयारी भएपछि अहिले माधव नेपाल समूहसँग नेताहरु निरन्तर छलफलमा रहेका छन् । बैठकमा नेपाल र झलनाथ खनाललाई पनि सहभागी गराएर एकताको सन्देश दिने उद्देश्यले बैठकको आह्वान भएको बुझिएको छ । तर नेपाल-खनाल सहभागी हुने निश्चित भइसकेको छैन् । ओलीले यसअघि आह्वान गरेको ६ बुँदे प्रस्ताव अनुसार बैठक बोलाउन तयारी गरेको ओली निकट नेताहरुको भनाइ छ । तर नेपाल समूहका नेतहरु कारवाहीमा परेको अवस्था कायमै रहेकाले बैठकमा सहभागी हुने नहुने भन्ने विषयमा टुंगो लागेको छैन् । ओलीले नेपाल–खनालसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेका थिए । ६ बुँदे प्रस्तावमार्फत ओलीले गरेको आह्वानलाई पनि नेपाल समूहले ६ बुँदे शर्तसहित अस्वीकार गरेको थियो । यसैबीच आज बैठक आह्वानको पूर्णसन्ध्यामा नेताद्वय बामदेव गौतम र विष्णु पौडेलबीच भेटवार्ता भएको छ । गौतम निवासमा भएको भेटमा उनीहरुबीच एकतालाई कसरी सम्भव बनाउने भन्ने विषयमा कुराकानी भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्