अर्थ राजनीति ~ नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शरतसिंह भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुको माग र मुद्दा सम्बोधन गरेपछि आफूहरु सरकारमा सहभागी भएको बताएका छन् । जसपाका नेता समेत रहेका उनले अब ओलीले लिएको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सफल पार्नका निम्ति आफ्नो ध्यान जाने बताए । आइतबार मन्त्रालयमा आफ्नो कार्यभार सम्हाल्दै मन्त्री भण्डारीले भने, ‘जसपा र नेकपा(एमाले)को सहकार्यमा बनेको छ सरकार र हामी सहकार्य गर्न आएका छौँ । हामीले मुख्य माग र मुद्दाको सम्बोधन जसले गर्दछ त्यसलाई हामी मित्र शक्ति मान्छौँ र त्यसैको आधारमा सहकार्य गर्छौ भनेका थियौं, आज ओली नेतृत्वको सरकारले हाम्रो माग, मुद्दालाई सम्बोधन गरेकाले हामीलाई सहकार्य गर्न बाटो खुलेको छ ।’उनले ऊर्जा मन्त्रालय मुलुकको आर्थिक क्रान्तिको मेरुदण्ड भएकाले मन्त्रालयका काम कारबाहीलाई चुस्त र प्रभावकारी हिसाबले अगाडि बढाउने बताए ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति