अर्थ राजनीति ~ नेकपा एमालेको नेपाल-खनाल समूहले आफ्नो समूहको केन्द्रीय समिति बैठक बोलाएका छन् । पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफलका लागि बैठक राखिएको हो । आज ११ बजे भर्चुअल माध्यमबाट हुने बैठक बस्ने भएको हो । पार्टी एकतालाई कायम राख्नका लागि दोस्रो पुस्ताका नेताहरु सक्रिय रहेका बेला नेपाल-खनाल समूहमा अन्तर्विरोध चुलिएको छ । नेता नेपालको जानकारीबिना नै योगेश भट्टराई, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे लगायत नेता संस्थापनसँग वार्तामा रहेको बताइएको छ । नेपाल- खनाल समूहको हिजो भएको बैठकमा जनवर्गीय संगठनका अधिकांश नेतृत्वले अलग पार्टी खोल्न दवाव दिएका थिए । आज हुने केन्द्रीय कमिटीको बैठकबाट यसबारे औपचारिक निर्णय लिने नेपाल-खनाल समूहको तयारी छ ।
नेपाल- खनाल समूहको केन्द्रीय समिति बैठक बस्दै
