राजा वीरेन्द्र शाहको वंशनाश हत्याकाण्डको २० वर्ष पूरा

Machchapuchchre

अर्थ राजनीति  ~  नारायणहिटी दरबारमा भएको राजा वीरेन्द्र शाहको वंशनाश हत्याकाण्डको २० वर्ष पूरा भएको छ । आजकै दिन २०५८ साल जेठ १९ गते राति तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो । २०५८ जेठ १९ गते राती दरबारभित्रै तत्कालीन राजारानी सहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो । यो हत्याकाण्डको २० वर्षसम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन । पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यहरूको गोली प्रहार गरी हत्या भएको थियो । तत्कालीन प्रधानन्यायाधीशको अध्यक्षतामा बनेको छानबिन समितिले हत्याकाण्ड युवराज दीपेन्द्रबाट भएको र अरूको हत्यापछि आफैँले आफैँलाई गोली हानेको ठकर गरेको थियो । उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्