जसपा का अध्यक्ष उपेन्द्र यादवद्वारा महन्थ ठाकुरसहित चार नेता निष्काशन

Machchapuchchre Bank

अर्थ राजनीति  ~  जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टीको साधारण समेत सदस्यबाट हटाएको भन्दै त्यससम्बन्धी जानकारी निर्वाचन आयोगलाई गराएका छन् । अध्यक्ष यादवले आज निर्वाचन आयोग गएर पत्र दर्ता गराएका हुन् । जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक पार्टीका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा जेठ १७ गते सम्पन्न भएको र सो बैठकले पार्टी अनुशासन सम्बन्धी कारवाही बारे निर्णय गरेको उल्लेख गरिएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा रहेका ठाकुर, महतो,  शुक्ल र कर्णले पार्टी विधान, नीति र निर्णयहरूको विपरित कार्य गरिरहेको सन्दर्भमा जेठ ९ गते बसेको बैठकले स्पष्टीकरण सोधेको र त्यसको जवाफ नदिएकाले राजनीतिक दल सम्बन्धी ऐन २०७३, पार्टीको अन्तरिम विधान २०७७ अनुसार पार्टीको सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको आयोगलाई जानकारी गराइएको पत्रमा उल्लेख छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्