अर्थ राजनीति ~ सेयर बजार परिसूचक नेप्सेमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार ११.६८ अंकले नेप्से घट्दै २७७१.१५ विन्दुमा झरेको छ । आज प्रमुख कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ३.६९ अंकले घटेर ४९६.८६ विन्दुमा झरेको छ । आज विकास बैंक र फाइनान्स बाहेक सबै जसो समूहहरु तथा उप समूहहरु ऋणात्मक रहेका छन् । कुल २१६ कम्पनीका एक करोड ९७ लाख ८३ हजार ३५४ कित्ता सेयर ९८ हजार ६०७ पटक कारोबार हुँदा जम्मा ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार ११७ रुपैयाँको कारोबार भएको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति