अर्थ राजनीति ~ प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटको सुनुवाई गर्न गठन गरिएको संवैधानिक इजलासकै सम्बन्धमा प्रश्न उठेपछि प्रधानन्यायाधीश राणाले सर्वोच्च बारका पदाधिकारीसँग छलफल सुरु गरेका छन् । सुनुवाईका क्रममा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको सहभागीतालाई लिएर कानुनविदहरूले लगातार प्रश्न गरेपछि सोमबार प्रधानन्यायाधीश राणाले इजलासमा रहेका चार न्यायाधीशसँग पनि छलफल गरेका थिए । प्रतिनिधिसभा विघटनको मुद्दा र संविधानको धारा ७६ को ५ अनुसार सरकार गठनको मुद्दा हेरिरहेको सर्वोच्चको संवैधानिक इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको सम्बन्धमा विपक्षी गठबन्धनका कानून व्यवसायीले प्रश्न उठाउँदै आएका छन् ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति