कोरोनाको दोस्रो भेरियन्ट र यसले विश्वमा परेको असर

Machchapuchchre Bank

अर्थ राजनीति  ~ कोभिड–१९ ले आक्रान्त विश्व मानव समुदाय पछिल्लो समयमा आएर यसका विभिन्न भेरियन्टका कारण झनै प्रताडित बन्न पुगेको छ, जसले विश्वभरि लाखौं मानिसको ज्यान लिइसकेको छ । कोरोनाको दोस्रो भेरियन्टले नेपाललगायत विश्वका विभिन्न देशमा तहल्का मच्चाइरहेको छ । अमेरिकी इन्टरजेन्सी ग्रुपले भेरियन्ट अफ इन्ट्रेस्ट, भेरियन्ट अफ कन्सर्न र भेरियन्ट अफ हाई कन्सिक्वेन्सेस गरी तीन प्रकारका भेरियन्टमा वर्गीकरण गरेको छ । स्वरूप परिवर्तन भएर संक्रमण फैलाउने भाइरसलाई भेरियन्ट अफ इन्ट्रेस्ट भनिन्छ, जसले तीव्र संक्रमण गराउने शरीरको एन्टीबडीलाई छल्ने तथा परीक्षणमा समस्या ल्याउने र भ्याक्सिनको प्रभावलाई घटाउने लक्षण देखिएको छ । यस्ता लक्षण भएका त्यस्ता भेरियन्टहरू भेरियन्ट अफ कन्सर्नअन्तर्गत पर्छन्, जुन भाइरस अन्य भाइरसको तुलनामा ५० प्रतिशतभन्दा बढी घातक हुने अनुसन्धानले देखाएको छ । तर, हालसम्मको अध्ययनमा भने हाई कन्सिक्वेन्सेस खालका भेरियन्टहरू भेट्टिएको पुष्टि भएको छैन । भाइरसमा भएका स्पाइक प्रोटिनका आधारमा संक्रमणको जोखिम फरक–फरक हुने गरेको पाइन्छ, जसका कारण दोस्रो लहरमा देखिएका भेरियन्टहरू निकै घातक भएका हुन् । त्यसैले अघिल्लो वर्षको तुलनामा संक्रमणको स्थिति तीव्र रूपमा बढेको हो । संक्रमण तीव्र रूपमा बढ्दा कोरोना संक्रमितको अस्पताल भर्नादर मात्र उच्च भएको छैन, मृत्युदर पनि बढेको छ । नेपालमा पुष्टि भएका कोरोनाका बी १.६१७.१ र बी १.६१७.२ भेरियन्ट ९४ प्रतिशतमा देखिएका छन् । यसमध्ये नेपालमा देखिएको १.६१७.२ भेरियन्ट, जुन भारतीय भेरियन्ट हो, जुन निकै संक्रामक रहेको छ भने यो सबै उमेर समूहमा देखिएको छ । इन्डिया भेरियन्ट बी–१.६१७.२, यो नेपालमा देखिएको पछिल्लो भेरियन्ट हो । अध्ययनअनुसार जिन सिक्वेन्सिङ गर्दा यो निकै संक्रामक रहेको पाइन्छ । त्यसैले नै बी–१.६१७.२ लाई विश्व स्वास्थ्य संगठनले १० मेमा भेरियन्ट अफ कन्सर्न अर्थात् घातक भाइरसको सूचीमा सूचीकृत गरेको थियो । भारतमा महामारीको रूप लिएको उक्त भेरियन्टको पहिचान ५ अक्टोबर २०२० मा देखिएको बी–१.६१७ को परिवर्तित रूप हो, जुन भारतको महाराष्ट्रमा पुष्टि भएको थियो । इन्डिया भेरियन्ट बी.१.६१७.१ सन् २०२१ को डिसेम्बरमा पुष्टि भएको र यो पनि घातक रहेको पाइएको छ । जुन बी.१.६१७.२ भन्दा केही कमजोर भए पनि यो पनि उच्च संक्रामक रहेको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ । यो बी.१.६१७.२ जस्तै डबल म्युटेन्ट भाइरस हो । मे महिनामा मात्र भारतमा बी.१.६१७ परिवर्तन भएर तीनवटा नयाँ भेरियन्ट देखा परेका थिए, जसमध्ये दुईलाई सबैभन्दा बढी घातक मानिएको छ । युके वा केन्ट भेरियन्ट बी.१.१.७ बेलायतमा पहिलो पटक देखिएको र यो भेरियन्ट हाल विश्वका ५० भन्दा बढी देशमा फैलिइसकेको छ । नेपालमा दोस्रो लहरको सुरुवातमा देखिएको यो भेरियन्ट पनि भेरियन्ट अफ कन्सर्न अर्थात् घातक भाइरस मानिएको छ । बेलायतमा २ लाखभन्दा बढीमा पुष्टि भइसकेको युके भेरियन्ट फेरि म्युटेड भइरहेको थप अनुसन्धानले देखाएको छ । डिसेम्बर २०२० मा बेलायतमा पहिलो पटक पुष्टि भएको यो भेरियन्ट हालसम्मकै उच्च संक्रमण फैलाउने भेरियन्ट हो ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्