काँग्रेसले पत्रकार सम्मेलन गर्दै बजेट बारे छलफल

Machchapuchchre

अर्थ राजनीति  ~  सरकारले अध्यादेशमार्फत बजेट ल्याएको सन्दर्भमा नेपाली काँग्रेसले पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ । सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेर जेठ १५ गते सरकारद्वारा आर्थिक वर्ष २०७८/७९ को बजेटबारे काँग्रेसले धारणा प्रस्तुत गर्न लागेको हो । संसदमा पेस गर्नुपर्ने अध्यादेशबाट बजेट आएर संविधान उल्लंघन गरेको काँग्रेस सम्मिलित गठबन्धनको ठहर छ । आइतबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाको बैठकले अध्यादेशबाट बजेट ल्याएकोमा विरोध जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्