पर्यटन क्षेत्रको पुनरुत्थान गर्न आन्तरिक पर्यटन भ्रमण सुरु गर्ने

Machchapuchchre

अर्थ राजनीति  ~  सरकारले आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न बजेटमार्फत कर्मचारीलाई पर्यटन काज विदादेखि वदेशी पर्यटकलाई भिसा निःशुल्क गरिने भएको छ । कोभिड–१९ले थलिएको पर्यटन उद्योगलाई लयमा फिर्ता गर्न सरकारले कर्मचारीलाई १० दिनको तलब रकम दिएर आन्तरिक पर्यटन भ्रमणमा पठाउने अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा शनिबार सार्वजनिक आर्थिक वर्ष २०७८/७९को बजेटमा उल्लेख छ । विदेशी पर्यटकलाई १ महिना पर्यटक भिसा निःशुल्क गर्न र सरकारी कर्मचारीलाई १० दिन बराबरका तलब दिएर आन्तरिक भ्रमण उल्लेख गर्दै बजेटमा भनिएको छ । “आन्तरिक पर्यटकलाई प्रबद्र्धन गर्न निजामती, सावर्जनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलब्ध गराइने छ । निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई समेत सोही अनुसारको सुविधा प्रदान गर्न प्ररित गरिनेछ । त्यस्तै नेपाल भ्रमण गर्ने विदेशी पर्यटकलाई एक महिना अवधिको पर्यटकीय भिषा निःशुल्क प्रदान गरिनेछ ।”संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्र्तगत २७ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरिएको छ । चालु आवमा मन्त्रालयलाई सरकारले २६ अर्ब १२ करोड ३३ लाख विनियोजन गरेको थियो । नेपाललाई आर्कषक, रमणिय र सुरक्षित पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गरिने अर्थमन्त्री पौडेलले बताए । निजी क्षेत्रसँगको सहकार्यमा एकिकृत पर्यटन, पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिने, सन्दकपुर, धनुषाधाम, इन्द्रसरोवर, पञ्चासे, कुपिन्ड देह र भादगाउँ लगायतका स्थानमा पर्यटन पूर्वाधार निर्माण गरिने, मुक्तिनाथ क्षेत्रको आनि गुम्बा र कागबेनीको पिण्डस्थान पुनर्निर्माण कार्यलाई निरन्तरता दिइने अर्थमन्त्री पौडेलले बताए ।

त्यस्तै काठमाडौं उपत्यका नजिकका सम्भाव्य स्थानमा पदयात्रा मार्ग हाइकिङ एवम् साइक्लिङ ट्रेल निर्माण गरिने, फेवाताल वरिपरि वातावरणमैत्री साइकल सर्किट निर्माण गरिने भएको छ । दार्चुलादेखि ताप्लेजुङसम्म हिमालय पदमार्ग निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने तथा चुरे र महाभारत श्रृङ्खलाका सम्भाव्य स्थानमा होटल, रिसोर्ट लगायत निर्माण गर्न नीजि क्षेत्रलाई लिजमा जग्गा उपलब्ध गराइने पनि यस वर्षको बजेट वक्तव्यमा उल्लेख गरिएको छ । रारा, सेफोक्शुन्डो, खप्तड लगायतका प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण स्थानलाई आकर्षक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न बजेटको व्यवस्था गरिएको छ । तल्लो डोल्पा, हुम्लाको सिमिकोट, धादिङको रुवि भ्याली लगायतको क्षेत्रमा पदयात्रा मार्ग निर्माण गरिने, पद यात्रा तथा हिमाल आरोहणमा जाने पर्यटकको सुरक्षा र उद्धारका लागि जिपिएस ट्रयाकिङ सहितको एकिकृत पर्यटन सूचना प्रणाली कार्यान्वयनमा ल्याइने भएको छ । त्यस्तै, इलामको माइपोखरी, सुनसरीको बर्जुताल, कपिलवस्तुको जगदिशपुर ताल, पाल्पाको सत्यावति ताल, रुकुमको स्यार्पु ताल लगायतका महत्वपूर्ण तालको संरक्षण गरी पर्यटकिय गन्तव्यको रुपमा विकास गरिने पनि अर्थमन्त्री पौडेलले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्