डा. बाबुराम भट्टराई – यो बजेट सिधासाधा मतदातालाई ललिपप बाँडे जस्तो

Machchapuchchre Bank

अर्थ राजनीति  ~  जनता समाजावदी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आर्थिक वर्ष २०७८/७९ को बजेट सिधासाधा मतदातालाई ललिपप बाँडेको जस्तै देखिएको तर्क गरेका छन् । डा. भट्टराईले अर्थमन्त्री मार्फत् वाचन गरिएको बजेट र नहुने चुनावको एमालेको घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक नपाइएको पनि उल्लेख गरे। डा. भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, ‘अर्थमन्त्री मार्फत बाचन गरिएको नहुने चुनाबको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन। सिधासाधा मतदातालाई ललिपप बाँडेको देखियो । पपुलिज्ममा पनि खासै सिर्जनात्मकता देखिएन। उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो। एउटै नयाँ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो। ‘हिजो  अर्थमन्त्री विष्णु पौडेलले अध्यादेश मार्फत आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्