अर्थ राजनीति ~ बेलायत सरकारले नेपाललाई सहयोग गरेका स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । २६० भेन्टिलेटर, १९ हजार २ सय थान फेससिल्ड लगायतका स्वास्थ्य सामग्री शुक्रबार बिहान चार्टर्ड उडानबाट काठमाडौं ल्याइएको हो ।ती सामग्रीहरु शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि बेलायती राजदूतत निकोला पोलिटले स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सोही उडानबाट च्यारिटी संस्था नेपाल मेड युकेले प्रदान गरेको अक्सिजन कन्सन्ट्रेटर पनि ल्याइएको विज्ञप्तिमा उल्लेख छ ।
बेलायतले सहयोग गरेका स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो
