संसद् विघटन विरुद्ध परेका १९ रिटको सुनुवाइ प्रधानन्यायाधीश राणाकै इजलासमा

Machchapuchchre Bank

अर्थ राजनीति  ~  प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरूमाथि आजदेखि सुनुवाइ हुँदै छ । प्रधामन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न र संसद् पुनर्स्थापनाका लागि परमादेश माग गरिएका १९ रिटको सुनुवाइ सर्वाेच्च अदालतले आजदेखि गर्ने भएको हाे । यी रिटहरूमाथि सुनुवाइ प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणाकाे इजलासले गर्नेछ । यसअघि प्रधानमन्त्रीको विवादित शपथसम्बन्धी मुद्दाको सुनुवाइ पनि प्रधानन्यायाधीश राणाले आफ्नै इजलाशमा गरेका थिए । संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने शुक्रबार सुनुवाइ हुने छ । यसअघि सोमबार प्रधानमन्त्रीमा विपक्षी गठबन्धनका शेरबहादुर देउवालाई नियुक्ति गर्न, चुनाव गराउने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न, चुनावी कार्यक्रम रोक्न र संविधानले तोकेकै मितिमा बजेट ल्याउन प्रतिनिधिसभा बैठक आह्वानको प्रबन्ध गर्नुपर्ने मागसहित विपक्षी गठबन्धनले सोमबार सर्वोच्चमा रिट दायर गरेको थियो । रिटमा विपक्षी गठबन्धनका १ सय ४६ सांसदको हस्ताक्षर छ । नेपालको न्यायिक इतिहासमै पहिलोपटक सर्वोच्चमा रिटका लागि ठूलो भीड जम्मा भएकाे थियो । रिट दर्ताका लागि जम्मा भएका १ सय ४६ सांसदको लाइन सर्वोच्चको आँगन हुँदै बगैँचासम्म पुगेको थियो । लामबद्ध सांसदहरूको सनाखतसहित पेस भएको रिटमा ७ वटा माग गरिएको छ । संसद् विघटन गरेर मध्यावधि चुनावको घोषणा गर्ने सरकार र राष्ट्रपति कार्यालयविरुद्ध सर्वोच्च अदालतमा माधव नेपाल समूहसहित ५ दलीय गठबन्धनले रिट पेस गरेका हुन्, जसमा प्रधानमन्त्रीमा गठबन्धनका शेरबहादुर देउवालाई नियुक्ति गर्न, चुनाव गराउने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न-नगराउन, चुनावी कार्यक्रम रोक्न, संविधानले तोकेकै मितिमा बजेट ल्याउन प्रतिनिधि सभा बैठक आव्हानको प्रबन्ध मिलाउन रीटमा उल्लेख छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्