अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ११ हजार ७८१ को मृत्यु भएको छ । त्यस्तै, विगत २४ घण्टामा विश्वभर ५ लाख ९ हजार ६८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । हालसम्म विश्वभर १६ करोड ८४ लाख ९५ हजार ७३९ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १५ करोड १ लाख ४ हजार ५५६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । विश्वभर एकैदिन ११ लाख भन्दा बढी कोरोना संक्रमणमुक्त भएका छन् । बुधवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३४ लाख ९७ हजार ८७७ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ६ हजार सात सयको ज्यान गएको छ । १ लाख १७ हजार २६१ सक्रिय संक्रमित रहेका छन् भने ५ लाख २८ हजार ८४८ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ४ लाख चार हजार ८८७ जना संक्रमित निको भइसकेका छन् । केही दिनदेखि विश्वभर कोरोना संक्रमण क्रमिक रूपमा घटिरहेको विश्व स्वास्थ्य संगठनको अपडेटले देखाइरहेको छ । त्यस्तै, संक्रमणबाट मृत्यु हुनेको संख्या पनि घटिरहेको छ ।
विश्वभरमा एकैदिन थप ११ हजार ७ सय बढी कोरोना संक्रमितको मृत्यु
