देशभर मौसम बदली, भारी वर्षाको सम्भावना

Machchapuchchre Bank

अर्थ राजनीति  ~  देशभरको मौसम आज आंशिकदेखि सामान्य बदली रहेको छ । धेरै ठाउँमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीमा रहेको यास नाम गरेको चक्रवातको आंशिक प्रभाव नेपालमा रहेको छ। अहिले प्रदेश १, प्रदेश २, बागमती तथा गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली भएको छ । बागमती प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविदले बताएका छन् । बुधबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी, बागमती प्रदेश र प्रदेश १ का हिमाली र उच्च पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्