आज सेयर बजार ६ अंकले घट्यो

Machchapuchchre Bank

अर्थ राजनीति  ~  मंगलबार सेयर बजारको परिसूचक नेप्से ६. ४७ अंकले घटेको छ। सो अंकको कमीपछि परिसूचक २८१६ अंकमा कायम भएको छ। यस दिन ११ अर्ब १३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यसअघि हिजो मात्रै १३ अर्ब १७ करोडको कारोबार भइ नयाँ रेकर्ड बनेको थियो। बैंकिङ २५, होटल तथा पर्यटन २७, विकास बैंक ५३, फाइनान्स १, उत्पादन २२ र अन्य २९ अंकले घटेका छन्। ब्यापार ४०, जलविद्युत ६४, निर्जीवन बीमा २५३, जीवन बीमा ४३१ अंकले बढेका छन्। यस दिन बरुण हाइड्रोपावर, माउन्टेन हाइड्रो, युनिभर्सल पावर कम्पनी र घलेम्दी हाइड्रोपावर कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेको छ। मल्टिपर्पोज फाइनान्सकाको मूल्य सबैभन्दा धेरै ३ प्रतिशतले घटेको छ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्