राष्ट्रपतिको कदम षड्यन्त्रपूर्ण देखियो

Machchapuchchre Bank

अर्थ राजनीति  ~ मानव अधिकार तथा शान्ति समाजले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि गरेको आव्हानप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाजको तर्फबाट सभापति गोविन्द खनालले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानत ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत हासिल गर्नुपर्ने वा राजीनामा दिनुपर्ने भएपनि त्यसो नगरी छोटो समय दिएर नयाँ प्रक्रियामा जानु सन्देहास्पद भएको टिप्पणी गरिएको छ । ‘विश्वासको  मत प्राप्त हुने दरो राजनीतिक आधार नदेखिएको स्विकार गर्ने प्रधानमन्त्री ओलीले राजीनामा नदिनु सन्देहास्पद एवं आपत्तिजनक छ भने प्रधानमन्त्रीले विश्वास मत पनि नलिएको र राजीनामा पनि नदिएको अवस्थामा छोटो समयसीमा तोकी  धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्ति प्रयोजनका लागि राष्ट्रपतिले आह्वान गर्नु षड्यन्त्रपूर्ण छ’, समाजको विज्ञप्तिमा भनिएको छ । साथै २४ घण्टा भन्दा कम अवधिमा सम्पुर्ण प्रक्रिया टुंग्याउन खोज्ने यो प्रक्रिया विवादास्पद रहनुको साथै प्रतिनिधिसभा छिटो भन्दा छिटो विघटन गर्ने नियतले प्रेरित देखिने समाजको भनाइ छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्