प्रधानमन्त्री ओली र कांग्रेस नेता देउवा बीच भेट हुँदै

Machchapuchchre Bank
अर्थ राजनीति  ~  नेपाली कांग्रेसले कोरोना रोकथाम र नियन्त्रणमा सरकारलाई थप जिम्मेवार बनाउन ध्यानाकार्षण पत्र बुझाउने भएको छ । हिजो बसेको कांग्रेसको संसदिय दलको बैठकले कोरोना नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकाल्दै ध्यानाकार्षण पत्र बुझाउने निर्णय गरेको थियो । सोही अनुसार आज कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई भेट्दै हुनुहुन्छ । देउवासँगै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरु पनि भेटवार्तामा सरिक हुनुहुनेछ । कांग्रेसले कोभिडको बढ्दो संकटबारे सरकारसँग छलफल गर्न चाहेको भन्ने बुझिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्