राष्ट्रियसभा सदस्य उपनिर्वाचन मतदान शुरु हुँदै

Machchapuchchre Bank

अर्थ राजनीति  ~  राष्ट्रियसभा सदस्य उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशको अन्य समूहबाट निर्वाचित हुने रिक्त राष्ट्रियसभा सदस्यको लागि मतदान आज विहान ९ बजेबाट सुरु हुँदै छ । हेटौँडा ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयस्थित मतदान स्थलमा मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने भएको छ ।राष्ट्रियसभा सदस्य उपनिर्वाचन निर्वाचन अधिकृतको कार्यालयले मतदान स्थल र मतदान केन्द्रको सुरक्षा लगायतका सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले कोरोना सङ्क्रमणको जोखिमका बीच हुन गइरहेको उपनिर्वाचनको स्वास्थ्य सावधानीका सम्पूर्ण उपायहरु अपनाएर मतदान गर्ने व्यवस्था गरिएको जानकारी दिए। निर्वाचनको मत गणना र परिणाम घोषणा आज साँझनै सर्वाजनिक हुने भएको छ । निर्वाचन अधिकृत श्रेष्ठले मतगणना साँझ ५ बजेबाट सुरु गरिने र साँझ ७ बजेसम्ममा मत परिणम आइसक्ने अनुमान गरिएको जानकारी दिए। उपनिर्वाचनमा कोभिड १९ सङ्क्रमित मतदाताका लागि छुट्टै मतदान केन्द्रसहित तीन वटा मतदान केन्द्र व्यवस्था गरिएको छ । यसअघि ७२ घण्टा अवधिको पीसीआर परीक्षणको रिपोर्ट देखाएरमात्र मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नुपर्ने अनिवार्य गरेकोमा मतदाताको पीसीआर परीक्षण नभए पनि मतदानमा सहभागी गराउने सहमति भएको छ ।

उपनिर्वाचनमा नेकपा एमालेबाट रामबहादुर थापा बादल, नेपाल मजदूर किसान पार्टी (नेमकिपा) बाट कृष्णबहादुर तामाङ र स्वतन्त्र उम्मेदवार डा.खिमलाल देवकोटा प्रतिस्पर्धा गर्दै छन्। उपनिर्वाचनमा बागमती प्रदेशको प्रदेशसभा सदस्य १०९, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख सहित २३८ जना मतादाता गर्ने छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्